आउन अब त प्रिय !
मैले आँखा बन्द गरेर खोजेँ
मैले आँखा उधारेर खोजेँ
आकृतिहरू धेरै देख्छ कि भनेर नजर डुलाएँ ।
तिमी सूर्यको तापसँग आउ प्रिय
मेरो इन्द्रिय अंगहरूमा कडा स्पर्श गरिदेउ
बिहानको मिर्मिरेमा शीत भएर आउ
दुनियाँ स्वप्निल, निःस्पन्दन हुँदा
मसँग प्रेमिल बातहरू साट्न आउ ।
सांस्कृतिक सिक्रीले बाँधिएर राखिएको छ कि कतै तिमीलाई ?
धर्मको जन्जिरले घेरिएको छ कि तिमीलाई अझै ?
लजालु झारझैँ ननिहुरिई
तिमी चण्डिका भएर आउ है प्रिय
यो हृदय आक्रमण गरी आजै
साम्राज्ञी भई राज गर्न आउ ।
तिमी आँधी तुफान बनेर आउ प्रिय
किनकि, प्रेमका बाधक
सामाजिक कसिङ्गारहरू बढारेर सफा गर्नुपर्छ ।
तिमी सुनामी भएर आउ प्रिय
दुनियाँका मान्यता डुबाएर हाम्रो प्रेम उतार्नुपर्छ ।
प्रिय, तिमी चट्याङ बनेर आउ
कैयौँ वर्षदेखि
जकडिएका बाधा–बन्धनहरू तोडिनुपर्छ
अनि मात्रै हाम्रो प्रेम प्राबल्य हुन्छ ।
प्रिय, तिमी आगोको झिल्को बनेर आउ
समाजका संस्कृतिकतालाई जलाए पछि मात्रै
हाम्रो मायाले शितलता पाँउछ ।।
तिमी विरुपाक्षको अवतार लिएर आउ
पृथ्वीलोकको विनाश भएपछि मात्रै
हाम्रो प्रेम बाँचिन्छ
तिमी प्रतापी भएर आउ प्रिय
अथवा
प्रेमकी वीराङ्गना पदवी लिएर आउ
छिटै हाम्रो प्रेमलाई अमर बनाउनुपर्छ ।
तिमी ब्ल्याक होलको गुरुत्वाकर्षण भएर आउ
संसारले निर्मित नाताहरूको अस्तित्व मेट्नुपर्छ
तिमी कालो बादल भएर दुनियाँलाई ढाक्न आउ
अनि हाम्रो प्रेमलाई इन्द्रेणीझैँ रंगाउनुपर्छ ।
समाजले कोरिएका ती विन्दुहरू
समाजले निर्धारण गरेका ती लक्ष्मणरेखाहरू
हृदयलाई घोचिएका क्षितिजका रेखाहरू
भावनालाई कैद गर्ने ती पर्खालबाट
स्वछन्दता हुनालाई
तिमी एक विलक्षण भएर आउ प्रिय
नत्र हाम्रो प्रेम पराजित भएर
आँसु सँगै बगेर जान्छ
खरानी भई धुँवा भएर जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण