रहिनन् वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ
बुधबार, १८ भदौ २०८२, १२ : ५५
सारांश
- वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।
- उनी विगत २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् र ललितपुरस्थित अपार्टमेन्टमा उपचाररत थिइन् ।
- उनले हजारभन्दा धेरै गीतमा स्वर दिएकी थिइन्, जसमा चर्चित लोकदोहोरी गीतहरू पनि थिए ।
काठमाडौँ । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । उनको बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको हो । उनको निधन भएको गायक शिव परियाले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा स्वर दिएकी गोले विगत २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनले दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार गराएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने बताइएको छ ।
रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उनले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाइन् । उनको चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी लगायत थुप्रै गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण