रास्वपाका सांसद स्वर्णिम वाग्ले 'डिप फेक'को सिकार, साइबर ब्युरोमा उजुरी दिँदै
बुधबार, १८ भदौ २०८२, १३ : ५९
सारांश
- रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफू डिप फेकको सिकार भएको बताएका छन्।
- उनले आफ्नो एआईबाट आफ्नोजस्तै आवाज प्रयोग गरेर नक्कली भिडियो पोस्ट भएको बताए।
- वाग्लेले यस विषयमा बुधवार प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।
काठमाडौँ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफू डिप फेकको सिकार भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका उनले आफ्नो एआईबाट आफ्नोजस्तै आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली भिडियो पोस्ट भएको बताएका हुन् ।
वाग्लेले सो कार्यको विरुद्धमा बुधवार प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । उजुरी दिन उनी भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा दिउँसो २ बजेर १५ मिनेटमा उपस्थित हुन लागेको सो पार्टीले जनाएको छ ।
केहीअघि वाग्लेको आवाजसहितको नेपाल भारत-सीमा विवादसम्बन्धी फेक भिडियोमा बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण