बैतडीमा पहिरोले एउटा पसलमा क्षति, आठ घर जोखिममा
सारांश
- लगातारको वर्षाले बैतडीका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ, जसमा घर र पसलहरू भत्किएका छन्।
- पहिरोका कारण घर भत्किने जोखिम बढेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ, साथै खाद्यान्न र सामानमा क्षति पुगेको छ।
- गोठालापानी–झुलाघाट सडक पहिरोका कारण अवरुद्ध भएपछि सञ्चालनमा आएको छ, तर देहिमाडौँ–गिरेगडा सडक अझै बन्द छ।
बैतडी । लगातारको वर्षाका कारण बैतडीका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगेको छ । निरन्तरको वर्षा पछि आएको पहिरोका कारण जिल्लाको पाटन नगरपालिका–४ भट्टागाउँका धर्मानन्द भट्टको दुईतले पसल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
उनका अनुसार पसल भत्किँदा भित्र रहेका खाद्यान्न र किराना सामान गरी रु एकलाख बढीको क्षति भएको छ । पुर्चौँडी नगरपालिका–३ खालीका कर्णबहादुर धामीको दुई वटा घर भत्किन सुरु भएकाे उनले बताए ।
वर्षाका कारण जमिन भासिएर घरको दुवैतर्फको पर्खाल चर्किन थालेकाले उक्त दुई घर पहिरोको उच्च जोखिममा रहेका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । उनका अनुसार धामीको ६ जनाको परिवार र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।
‘मेलौली नगरपालिका–३ कुचगाँडका रामसिंह भाट र करणदत्त बागको घर पहिरोको जोखिममा परेका छन् । रामसिंहको घरछेउमा बाँधिराखेको खसी पहिरोले पुरेको छ । दुवै जनाको घरमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन’, उनले भने ।
जिल्लाको सुर्नया गाउँपालिका–३ बुढीबाँसका वीरसिंह विष्ट र मानसिंह विष्टको घर जोखिममा परेका हुन् । लगातारको वर्षाले आँगन भासिएर घर भत्किने अवस्थामा पुगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण दोगडाकेदार गाउँपालिका–३ इडाकोटका वीरभानसिंह भाट र नारायणसिंह भाटको घर जोखिममा परेपछि दुवैको परिवार आफन्तको घरमा बसिरहेका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।
मङ्गलबार दशरथचन्द नगरपालिका–१० आधार पिण्डमा पहिरो खसेर अवरुद्ध भएको गोठालापानी–झुलाघाट सडकको पहिरो हटाएपछि सञ्चालनमा आएको थियो । दशरथचन्द–२ सुगरखाली नजिक पहिरो खस्दा भदौ १४ गतेदेखि देहिमाडौँ–गिरेगडा सडक बन्द रहेको प्रहरी प्रवक्ता पाण्डेयले जानकारी दिए ।
‘वर्षाकै कारण पाटन नगरपालिका–६ ओदाली बस्ने गणेशबहादुर चन्दको घर भत्किएको छ । पुर्चौँडी–४ बिडगैराका करवीर भट्टको दुई तले घरको आँगनदेखि जमिन भासिएको छ । उहाँको छ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । साथै लक्ष्मीपुर आधारभूत विद्यालयको भत्किदा भवन जोखिममा परेको छ’, उनले भने ।
वर्षाका कारण विपद्को जोखिम बढेकाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको बताउँदै सम्भावित जोखिम भएमा तत्काल उद्धारका लागि जिल्लास्थित सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण