नेकपाले माओवादी धार र वामपन्थी शक्तिसँग एकता प्रक्रिया अगाडि बढाउने
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माओवादी धार, क्रान्तिकारी वामपन्थी र कम्युनिस्ट शक्तिसँग छलफल मार्फत एकता, ध्रुवीकरणको पहलकदमीको प्रक्रियालाई अगाडि बढाउने भएको छ ।
भदौ १५ देखि केन्द्रीय कार्यालय शिवगढीमा बसेको स्थायी समिति बैठकले एकता र ध्रुवीकरण करणको प्रक्रिया अगाडि बढाउने गरी एजेण्डा तयार पारेको हो ।
माओवादी धारा, क्रान्तिकारी वामपन्थी र कम्युनिस्ट शक्तिहरूसँग छलफल गरी एकता र ध्रुवीकरण प्रक्रिया अगाडि बढाउने महासचिवको प्रस्ताव पारित भएको छ’, एक स्थायी समिति सदस्यले रातोपाटीलाई भने ।
यस्तै बैठकले नयाँ विचार, राजनीति र दृष्टिकोण नेकपासँग भएकाले आफ्नै नेतृत्वमा क्रान्तिकारी कम्युनिस्ट शक्तिसँग छलफल गर्ने गरी प्रस्ताव तयार भएको ती नेताले भने ।
'हाम्रो मुख्य उद्देश्य माओवादी धारसँग एकता र ध्रुवीकरण करण गर्ने प्रक्रिया अगाडि बढ्छ । अन्य क्रान्तिकारी वामपन्थी र समाजवादी शक्तिसँग सहकार्य र मोर्चावन्दी गर्ने गरी प्रस्ताव तयार भएको छ । यो प्रस्तावलाई भोलिदेखि बस्ने पोलिटब्युरो बैठकमा छलफल हुन्छ । प्रस्तावमाथि २२ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्छ । अहिले केही निर्णय भएको छैन’, अर्का स्थायी समिति सदस्यले भने ।
यस्तै पार्टी एकताको विषयमा माओवादीले मात्र प्रचार गरेको तत्काल पार्टी एकता हुने कुनै सम्भावना नरहेको महासचिव विप्लवले बैठकलाई जानकारी गराएका थिए ।
पछिल्लो पटक माओवादीका अध्यक्ष प्रचण्डसँगको भेटमा पनि सामान्य छलफल बाहेक केही नभएको जानकारी गराएका थिए ।
'तत्कालै एकता हुन्छ जसरी माओवादीका नेताहरूबाट प्रचार गरियो । सामान्य छलफल बाहेक त्यस्तो केही भएको छैन । प्रचण्डसँगको पछिल्लो भेटमा पनि एकता गर्ने निर्णय भएको उहाँले सुनाउनुभयो । मैले सकारात्मक रूपमा लिएको छु । यसबारे केन्द्रीय समितिले निर्णय गर्छ भनेको छु’, विप्लवको भनाइ उदृद्ध गर्दै ती नेताले भने ।
माओवादीभित्रको अन्तरविरोध उसको आन्तरिक विषय भएकाले आफूहरूको कुनै हस्तक्षेप नहुने ती नेताले बताए । । प्रचण्ड र जनार्दन शर्माबिचको द्वन्द्व पनि केही समयमा आफै मत्थर हुने निष्कर्ष समेत निकालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण