सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

नेपाल–भारत नागरिक स्तरको सम्बन्ध र वर्तमान अवस्था

बुधबार, १८ भदौ २०८२, २२ : ०७
बुधबार, १८ भदौ २०८२

सारांश

  • नेपाल र भारतबीचको सम्बन्ध प्राचीन इतिहासदेखि नै गहिरो रहेको छ, जुन भौगोलिक, सांस्कृतिक र धार्मिक समानतामा आधारित छ।
  • खुला सीमाका कारण दुवै देशका नागरिकलाई आवतजावत, व्यापार र अन्य क्षेत्रमा सहजता भए पनि महिला र बालबालिका मानव तस्करीको जोखिममा छन्।
  • दुवै देशबीचको सम्बन्धलाई विश्वास, समानता, आपसी सहयोग र सम्मानमा आधारित बनाउँदै आर्थिक र सामाजिक विकासमा जोड दिनुपर्छ।

नेपाल र भारतबिचको सम्बन्ध प्राचीन इतिहासदेखि नै रहेको छ। यो सम्बन्ध भौगोलिक निकटता, सांस्कृतिक र धार्मिक समानतामा आधारित रहँदै आएको छ। दुवै देशका नागरिक स्तरमा पारिवारिक विवाह र सम्बन्धले पनि गहिरो प्रभाव पारेको छ। कहिलेकाहीँ दुई देशबिचको असमझदारीलाई कम गर्न नागरिक स्तरको दबाब, जनभावना र सांस्कृतिक सम्बन्धले महत्त्वपूर्ण भूमिका खेलेको उदाहरण पनि पाइन्छ।

सदियौँदेखिको सांस्कृतिक आदान–प्रदानका कारण रामायण, महाभारत जस्ता ग्रन्थमा पनि दुवै देशका नागरिक स्तरमा गहिरो सम्बन्धको सङ्केत पाइन्छ।

नेपाल र भारतबिच १,८५० किलोमिटर लामो खुला सीमा छ, जसले दुवै देशका नागरिकलाई विना पासपोर्ट वा भिसा सजिलै आवतजावत, व्यापार, रोजगार, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा प्रवेश गर्ने अवसर दिएको छ। भारतका नागरिकले पनि नेपालमा व्यापार र अन्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

आर्थिक र व्यापारिक क्षेत्रमा पनि दुवै देश घनिष्ठ सम्बन्धमा छन्। भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो। नेपालले आवश्यक अधिकांश सामान भारतबाट आयात गर्छ भने विद्युत्, कृषि उत्पादन, पर्यटन लगायतका क्षेत्रमा पनि सहकार्य भइरहेको छ। भारत नेपालमा ठुला पूर्वाधार तथा ऊर्जा परियोजनामा लगानी गर्ने प्रमुख देश हो।

आज भारतका विभिन्न सहरहरूमा काम, व्यापार वा अध्ययनमा संलग्न धेरै नेपालीहरू छन्। उनीहरूले भोग्ने समस्या र त्यसको समाधानबारे गहिरो छलफल हुन जरुरी छ।

राजनीतिक सम्बन्धले पनि नागरिक स्तरको सम्बन्धमा प्रभाव पारेको छ। १९५० को ‘सन्धि र मैत्री सन्धि’ ले नेपाल–भारत सम्बन्धलाई औपचारिक रूप दिएको थियो। यस सन्धिले सुरक्षा, व्यापार, आवागमन र आपसी सहयोग सुनिश्चित गरेको छ। यद्यपि समय–समयमा देखिने सीमा विवादले केही तनाव उत्पन्न गरे पनि समग्रमा नागरिक स्तरको सम्बन्ध सधैँ मैत्रीपूर्ण रहँदै आएको छ। यसलाई अझ प्रगाढ बनाउन आवश्यक छ।

दुवै देशबिचको समस्याहरूको समाधान नेपाल र भारत सरकार, दूतावास, सङ्घ–संस्था तथा प्रवासी समुदायको सक्रिय सहभागिताबाट सम्भव छ।

आज भारतका विभिन्न सहरहरूमा काम, व्यापार वा अध्ययनमा संलग्न धेरै नेपालीहरू छन्। उनीहरूले भोग्ने समस्या र त्यसको समाधानबारे गहिरो छलफल हुन जरुरी छ। भारतमा रहेका प्रवासी नेपालीहरू दुवै देशका लागि महत्त्वपूर्ण श्रम शक्ति मात्र होइन, आर्थिक योगदानका पनि ठुलो स्रोत हुन्।

सापेक्षिक रूपमा भन्नुपर्दा, नेपाल–भारत सम्बन्ध विश्वास, समानता, आपसी सहयोग र सम्मानमा आधारित हुनुपर्छ, ताकि दुवै देशको विकास र स्थायित्वलाई दीर्घकालीन फाइदा पुग्न सकोस्।

खुला सीमा भएका कारण नागरिकहरूलाई सजिलो भए पनि सीमा क्षेत्रमा केही समस्या पनि छन्। विशेष गरी महिलाहरू र बालबालिकाहरू मानव तस्करीको जोखिममा पर्न सक्छन्। त्यसैले वर्तमानमा नेपाल–भारत सम्बन्ध समयानुकूल, सम्मानजनक र पारस्परिक हितमा आधारित हुनुपर्छ।

दुवै देशको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भौगोलिक सम्बन्धलाई अझ मजबुत बनाउँदै नयाँ युगको आवश्यकताअनुसार अघि बढाउनुपर्छ। भूगोलमा सानो–ठुलो भए पनि स्वतन्त्र सार्वभौमिक देशको रूपमा एक अर्काको अधिकार र निर्णयको सम्मान गर्नुपर्छ।

नेपालले भारतसँगको व्यापार घाटा कम गर्न कूटनीतिक नीति अपनाउनुपर्छ। भारतले पनि नेपालमा उद्योग, जलविद्युत्, कृषि र पर्यटनमा लगानी बढाउनुपर्छ। त्यसका लागि नागरिक स्तरमा पनि विभिन्न फोरममार्फत बहस र अन्तरक्रिया गर्दै जान आवश्यक छ।

सापेक्षिक रूपमा भन्नुपर्दा, नेपाल–भारत सम्बन्ध विश्वास, समानता, आपसी सहयोग र सम्मानमा आधारित हुनुपर्छ, ताकि दुवै देशको विकास र स्थायित्वलाई दीर्घकालीन फाइदा पुग्न सकोस्।

सेर्पाली प्रगतिशील नेपाली समाज (भारत) का अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र सेर्पाली
लोकेन्द्र सेर्पाली
लेखकबाट थप