‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’
सारांश
- डा. शशाङ्क कोइरालाले नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन गर्न सकिने बताए।
- उनले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सरकारी योजना आवश्यक रहेको र देश विकासको आधार कृषि भएको बताए।
- कार्यक्रममा उपभोक्ताको अधिकार, पार्टीको महाधिवेशन र अर्थतन्त्रबारे छलफल भएको थियो।
झापा । नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताएका छन् ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बुधबार बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रम उनले नेपालमा खेतीयोग्य जमिनको आधारमा ३० करोड जनसङ्ख्यालाई पुग्ने खाद्यान्न उत्पादन गर्ने सामर्थ्य नेपालसँग रहेको बताएका हुन् ।
नेता डा कोइरालाले उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको भन्दै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष सरकारी योजना आवश्यक रहेको बताए । उनले देश विकासको आधार नै कृषि भएको धारणा राखे।
एक अर्को प्रसङ्गमा नेता कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन ‘चेन अफ कमान्ड’बाट हुनुपर्नेमा जोड दिँदै निर्वाचित सभापतिले सबै कार्यकर्तासँग समान व्यवहार गर्नुपर्ने धारणा राखे ।
कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उपभोक्ताका आवाज सङ्कलन गरी सरकारसम्म पुर्याइने बताए । पार्टीको महाधिवेशन २०८३ मङ्सिरभित्रै हुने र त्यसका लागि समयमै क्रियाशील सदस्यता नवीकरण सक्न उनले आग्रह गरे ।
ऊर्जामन्त्री दीपक खड्काले अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर भएको उल्लेख गर्दै त्यसैले पनि कांग्रेस एमालेको संयुक्त सरकारको आवश्यकता भएको बताए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ता, उत्पादक र बिक्रेताबीच सन्तुलन कायम गर्न राज्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खाद्य मिसावट, विषादी प्रयोग र नियमनकारी निकायको कमजोरीबारे चिन्ता व्यक्त गरे ।
केन्द्रीय सदस्य सरिता प्रसाईँ, नेताहरू गोमा भट्टराई, उर्मिला थपलिया, प्रेमराज महर्जन, कांग्रेस झापा सभापति देउकुमार थेवे लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण