कुनै पनि कारणले खेलाडीले खेल्न पाउने अवसरबाट वञ्चित नगरियोस्
सारांश
- सन्तोषी श्रेष्ठले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने सपना २०७६ सालमा पूरा गरिन्।
- उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक स्वर्ण र तीन पदक तथा नवौँमा दुई स्वर्ण जितिन्।
- खेलाडीहरूले प्रतियोगिताको मिति बारम्बार सर्दा खेल्ने अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्।
धनगढीको गर्मीमा २०६८ साल फागुन १४ देखि २१ सम्मको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मेरा लागि पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता थियो । २० वर्षको उमेरमा मैले राष्ट्रिय स्तरको खेलकुदमा सहभागिता जनाउन पाएँ । उक्त समय मेडल भने जित्न सकिनँ । त्यसपछि मेरो सपना भनेको राष्ट्रिय खेलकुद प्रतियोगितामा गोल्ड मेडल जित्ने बन्यो । त्यो सपना २०७६ सालमा नेपालगञ्जमा पूरा भयो ।
मैले २०७६ वैशाख ५ देखि ११ गतेसम्म बाँकेमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक गोल्ड मेडलसहित तीन मेडल बागमती प्रदेशका लागि जित्न सफल भएँ । यो मेरा लागि राष्ट्रियस्तरमा धेरै ठुलो सफलता थियो ।
हरेक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै न कुनै बहानामा सरकार र राखेपले परिवर्तन गरिरहेका हुन्छन् । मलाई आफ्नो अघिल्लो राष्ट्रिय प्रतियोगिताको रेकर्ड तोड्दै नयाँ राष्ट्रिय खेलकुदको च्याम्पियन हुने हुटहुटी हुन्छ ।
अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा पनि मैले धेरै सफलता हात पारिसकेकी छु । तर नेपालमा भएका र नयाँ प्रतिभा उजागर हुने ठाउँ भनेकै राष्ट्रिय खेलकुद प्रतियोगिता हो, जुन पक्षमा हाम्रो नेपाल सरकार या अन्य कुनै निकायले धेरै ध्यान दिएको देखिँदैन ।
मैले २०७९ सालमा गण्डकीको पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण जित्न सफल भएकी थिएँ । पोखरामा प्रदेशबाट आएका नयाँ प्रतिभाहरू देख्दा मलाई राष्ट्रिय खेलकुद प्रतियोगिता लुकेर रहेका प्रतिभाहरूको उजागर गर्ने ठाउँ हो जस्तै लागेको थियो । अभावमा हुर्केर देशका लागि खेलकुदको माध्यमबाट केही गर्नुपर्छ भन्ने हुटहुटी भएका कोमल अनुहार देख्दा निकै खुसी लागेको थियो । मैले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक जितेको थिएँ । त्यसपछि अहिले चार वर्ष हुन लाग्यो, अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता र राष्ट्रियस्तरका केही डोमेस्टिक प्रतियोगितामा भाग लिन पाएकी छु ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मैले गरेको प्रदर्शनलाई सुधार गर्दै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने भन्ने मेरो योजना छ । तर, पटक पटक मिति सर्दा सारै दुःख लागेर आउँछ । हरेक दुई वर्ष भित्रमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि चार वर्ष कुर्नुपरेको छ । तै पनि प्रतियोगिता समयमा भएको छैन ।
विदेशमा हुने खेलाडीहरूलाई त्यति असर नगर्ला तर राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मात्र पर्खेर बसेका प्रदेशका खेलाडीहरूलाई कति असहज हुन्छ । राष्ट्रिय गेमबाहेक अरू गेम नै हुँदैन ट्रेनिङ गर्ने, राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारीमा बस्ने । बाहिर बाहिरै सधैँ बस्नेलाई थाहा भएन, तर बाहिर पनि खेल्न जाने, नेपालको राष्ट्रिय खेलकुदलाई पर्खी राख्नेहरूलाई राष्ट्रिय खेलकुद नहुँदा असर परेको छ ।
एकदमै गाह्रो छ । खेलहरू नभएपछि आफ्नो प्रदर्शन कस्तो सुधार आएको भन्ने देखिँदैन । राष्ट्रिय लेबलमा कति धेरै ट्रेनिङ गरेर एकदम राम्रो भइरहेको हुन्छ, त्यो वेला गेम नै खेल्न पाइँदैन, गेमहरू नै हुँदैन । हामी विभाग बाहिरको खेलाडीको त इन्कमको सोर्स नै हुँदैन । राष्ट्रिय खेलकुद पनि भएन भने बाहिरको गेमहरू हामीले खेल्नुपर्ने हुन्छ अनि पर्फोर्मेन्स बेस्ट दिनेभन्दा पनि सबैमा इनर्जी ब्यालेन्स गरेर सेफ साइडमा बसेर खेलेपछि अनि कसरी माथि पुग्ने भन्ने कुरा नै हुन्छ ।
गेम नै भएन भने केको लागि ट्रेनिङ गर्ने ? ट्रेनिङ गरे नि सिस्टम, साइन्स, डिटरमिनेसन, डेडिकेसन सबै ब्यालेन्स गर्नुपर्ने हुन्छ । टाइम र इनर्जी व्यर्थ हुन्छ । यो सबै गरेर तयारी गरेको हुन्छ, त्यसपछि पर्फोर्मेन्स दिने ठाउँ नै नपाएपछि कति पर्फर्मेन्स गर्छ भन्ने कुरा थाहा भएन । अनि त्यो नभएपछि सबै ट्यालेन्टहरू त मर्दै जान्छ । बिस्तारै खेलकुद पनि बिग्रिन्छ, खेलाडी पनि बिग्रिन्छ अनि खेलकुद र खेलाडीबाट आउने आउटपुट त केही पनि हुँदैन, उल्टो असर भइरहेको हुन्छ ।
गेम हुन्छ भनेर खेलाडी बसिरहेको हुन्छ । म पनि गेम हुन्छ भनेर विदेशको गेमहरू रिजेक्ट गर्छु । अन्त प्लान गर्ने, अन्त पुस गर्ने कुराहरूमा पछि हटेर आफ्नो देशको गेम खेल्ने भनेर । अब मिति घोषणा गरिसकेको पनि हुन्छ, खेल नै हुँदैन भन्यो भने तयारी नगरी बस्न सकिन्छ ।
त्यसैले हामीले खेल्न पाउनुपर्छ भन्ने हो । राजनीति या कुनै कारणले खेलाडीले खेल्न पाउने अवसरबाट वञ्चित नगरियोस् । विभागीय टोलीका खेलाडीहरूलाई मासिक पारिश्रमिक आउँछ । तर, प्रदेशका खेलाडीहरू एउटा राष्ट्रियस्तरको प्रतियोगिता कुन दिन हुन्छ भनेर पर्खेर बसेका हुन्छन् ।
कति नयाँ प्रतिभाहरूले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूलाई साबित गर्नुपर्छ भन्ने आशामा नै बसेका छन् । त्यसैले कुनै व्यक्ति या नियमनकारी निकायले खेलाडीलाई खेल्ने वातावरण मिलाइदिन आग्रह गर्दछु ।
(गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ : उनले १० हजार मिटरमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण जितेकी थिइन्, सन् २०२४ मा बंगबन्धु अन्तर्राष्ट्रिय म्याराथनमा पनि स्वर्ण जितेकी थिइन् । २८ वर्षपछि ओलम्पिकको महिला म्याराथनमा नेपालबाट सहभागिता जनाएकी उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक स्वर्णसहित तीन पदक र नवौँमा दुई स्वर्ण जित्न सफल भएकी थिइन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण