कीर्तिपुर सिनेप्लेक्समा थपियो नयाँ हल
सारांश
- निर्माता नरेन्द्र महर्जनले कीर्तिपुर सिनेप्लेक्समा 'अडियो २' नामको नयाँ पर्दा थपेका छन्।
- 'अडियो २' एक सय एक सिट क्षमताको रहेको छ, जसको उद्घाटन बिहीबार हुँदैछ।
- महर्जनले कीर्तिपुर हललाई पुन: निर्माण गरी अत्याधुनिक तरिकाले सञ्चालनमा ल्याएका हुन्।
काठमाडौँ । नेपाली चलचित्रका निर्माता, वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनको कीर्तिपुरमा सञ्चालनमा रहेको हल कीर्तिपुर सिनेप्लेक्समा एउटा पर्दा थपिएको छ । उनले ‘अडियो २’ नामबाट हलमा अर्को एक पर्दा थपेका हुन् । जसको बिहीबार एक कार्यक्रमका बिच उद्घाटन हुँदै छ । ‘अडियो २’ एकसय एक सिट क्षमताको रहेको छ ।
कीर्तिपुर सिनेप्लेक्समा यसअघि २८५ सिट क्षमताको एउटा पर्दा ‘अडियो १’ रहेको थियो । जुन २०७८ सालबाट सञ्चालनमा आएको हो ।
चलचित्र संघका अध्यक्ष समेत रहेका महर्जनले कीर्तिपुर सिनेप्लेक्स कीर्तिपुरमा रहेको पुरानो हल कीर्तिपुर हललाई नै पूनःनिर्माण गरेर अत्याधुनिक तरिकाले सञ्चालनमा ल्याएका हुन् । दुई पर्दाको हल ल्याउने चाहना उनको पहिले देखि नै थियो । कोरोना लगायत विभिन्न कारणले उनले हलमा पहिले एक पर्दा मात्र सञ्चालनमा ल्याएका थिए ।
कीर्तिपुरमा फिल्म हेर्ने दर्शक दिन प्रतिदिन बढ्दो रहेकोले उनीहरूको सुविधालाई ध्यानमा राखेर हलमा अर्को पर्दा पनि थपेको सञ्चालक महर्जनले बताए । ‘हामीले हल पर्दा मात्र थपेका छैनौ । अत्याधुनिक सुविधा सम्पन्न समेत बनाएका छौ’, उनले भने ‘दर्शकले पूर्ण सुविधासहितको हलमा चलचित्रको मज्जा लिन सक्नुहुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण