सामाजिक सञ्जालमा अमर्यादित भाषा प्रयोग गर्ने युवक पक्राउ
सारांश
- सामाजिक सञ्जालमा अमर्यादित र हिंसात्मक भाषा प्रयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नुवाकोटका सुमन थापा रहेको र उनले सार्वजनिक पदधारण गरेका व्यक्तिहरूलाई लक्षित गरेका थिए।
- प्रहरीले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको र आवश्यक अनुसन्धानका लागि म्याद थप भएको छ।
काठमाडौँ । सामाजिक सञ्जालमार्फत सम्मानित व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित र हिंसात्मक भाषा प्रयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
साइबर ब्यूरो भोटाहिटीले दिएका अनुसार पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मुलपानीमा बस्दै आएका सुमन थापा (प्रेम बहादुर थापा) रहेका छन् ।
थापाले सामाजिक सञ्जालमा सार्वजनिक पदधारण गरेका व्यक्तिहरूलाई लक्षित गरी हिंसात्मक तथा अपमानजनक भाषा प्रयोग गरी पोस्ट गर्ने गतिविधि गर्दै आएको प्रारम्भिक प्राविधिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले मङ्गलबार मुलपानीबाट उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले आवश्यक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको साइबर ब्यूरोले बिहीबार जनाएको छ ।
साइबर ब्यूरोले समाजमा सार्वजनिक नैतिकता, शिष्टाचार, घृणा र द्वेष फैलाउने किसिमका गतिविधिलाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण