अमित मिश्राले लिए क्रिकेटका सबै फर्म्याटबाट संन्यास
सारांश
- अमित मिश्राले ४२ वर्षको उमेरमा क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएका छन्।
- उनले २५ वर्ष लामो क्रिकेट करियरमा विभिन्न खेलमा १ हजार ७२ विकेट लिए।
- मिश्राले भारतका लागि २२ टेस्ट, ३६ एकदिवसीय र १० टी-ट्वान्टी खेल खेले।
काठमाडौँ । भारतका स्पिनर अमित मिश्राले क्रिकेटका सबै फर्म्याटबाट संन्यास लिएका छन् । मिश्राले ४२ वर्षको उमेरमा सबै फर्म्याटबाट संन्यास घोषणा गर्दै बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई), सहकर्मीका साथै परिवारलाई धन्यवाद दिएका छन् ।
मिश्राले क्रिकेटमा २५ वर्ष लामो समय विताएका थिए । उनले यो समय आफ्नो जीवनका अविस्मरणीय क्षण भएको बताएका छन् । मिश्राले आफ्नो करियरमा सबै खाले क्रिकेट खेलमा गरेर एक हजार ७२ विकेट लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटतर्फ उनले २२ टेस्टमा ७६ विकेट, ३६ एकदिवसीयमा ६४ विकेट र १० टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १६ विकेट आफ्नो नाममा लेखेका छन् । सन् २०१६ पछि उनी टेस्ट र एकदिवसीय टोलीबाट बाहिरिएका थिए भने २०१७ मा टी–ट्वान्टी टोलीबाट निक्सिएका थिए ।
फर्स्ट–क्लासमा ५३५, लिस्ट ‘ए’ मा २५२ र टी–ट्वान्टी मा २८५ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण