ट्रम्पले घटाए जापानी कारमाथिको ट्यारिफ
शुक्रबार, २० भदौ २०८२, १५ : ०१
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आउने कारमा लाग्ने भन्सार महसुल घटाएका छन्।
- ट्यारिफ साढे २७ प्रतिशतबाट १५ प्रतिशतमा झारिएको छ, जसले टोयोटा, होन्डा र निसानलाई राहत दिनेछ।
- यो निर्णय जुलाईमा घोषणा गरिएको सम्झौतालाई औपचारिकता दिने क्रममा आएको हो, जसमा जापानले अमेरिकी लगानी र बजार खोल्ने सहमति जनाएको थियो।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै जापानबाट आउने कारहरूमा लगाउँदै आएको अतिरिक्त भन्सार महसुल (ट्यारिफ) घटाएका छन् । यसअघि साढे २७ प्रतिशत रहेको ट्यारिफ घटाएर १५ प्रतिशतमा झारिएको छ ।
यस निर्णयले टोयोटा, होन्डा र निसान जस्ता कम्पनीहरूलाई ठुलो राहत दिनेछ । सो आदेश औपचारिक रूपमा जुलाईमा घोषणा गरिएको सम्झौतालाई औपचारिक रूप दिने क्रममा गरिएको हो ।
यसमा सबै जापानी सवारी साधन र औषधिमाथि १५ प्रतिशत मात्रै ट्यारिफ लगाउने कुरा भएको थियो । धेरै हप्ता छलफलपछि यो सम्झौता भएको थियो ।
ह्वाइट हाउसका अनुसार जापानले पनि अमेरिकामा ५ खर्ब ५० अर्ब डलर लगानी गर्ने र आफ्नो बजार बिस्तारै बिस्तारै अमेरिकी सामानका लागि खुलाउने सहमति जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण