लोकसेवा आयोग निष्पक्षता र स्वच्छतामा प्रतिबद्ध छ : अध्यक्ष रेग्मी
कैलाली । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोग सबैको विश्वासप्राप्त संस्था भएको बताएका छन् ।
आयोगको हीरक जयन्ती वर्ष, २०८२ का अवसरमा सञ्चालित ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रमअन्तर्गत शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा उहाँले आयोग निष्पक्षता, स्वच्छता र योग्यतामा प्रतिबद्ध रहेको बताए ।
वर्षभरिमा आयोगले निजामतीतर्फ करिब चार हजार र सङ्गठित संस्थातर्फ करिब १५ हजार योग्य नागरिकको छनोट गरी सिफारिस गर्ने गरेको जानकारी दिए । उनले भने, “हामी गुणस्तर र प्रतिबद्ध प्रतिस्पर्धी खोजिरहेका छौँ ।”
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले आयोगको निष्पक्ष एवं स्वच्छ कामको प्रशंसा गरे ।
कार्यक्रममा आयोगको समग्र विषय समेटिएको वृत्तचित्रका साथै कार्यपत्र प्रस्तुत गरिएको थियो । आयोगले विद्यार्थीमार्फत आयोगको सन्देश फैलाइ सार्वजनिक सेवाप्रतिको आकर्षण बढाउन ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका विद्यार्थी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण