सङ्खुवासभामा ५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी
सङ्खुवासभा । सङ्खुवासभामा ५५ जना क्षमता भएको जिल्ला कारागार खाँदबारीमा एक सय ३९ कैदीबन्दी राखिएको छ ।जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको छ ।
यहाँ एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका कारागारका प्रमुख जेलर राजन घिमिरेले जानकारी दिए ।
क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी भएकाले खानेपानी, सरसफाइलगायत दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ ।
जेलर घिमिरेका अनुसार यो कारागारमा ५० पुरुष र पाँच जना महिलाको क्षमता रहेको छ । कारागार तीन दशमलव पाँच रोपनी क्षेत्रफल फैलिएको बताउँदै उनले जग्गा पर्याप्त नहुँदा थप भवन निर्माण गर्न नसकिएको धारणा राखे ।
“क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएकाले खान, बस्न, शौचालय, सरसफाइलगायत गतिविधिमा समस्या हुँदै आएको छ । पुरानो र साँगुरो भवन भएकाले दैनिक जीवनयापनमा समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ”, उनले भने ।
कैदीबन्दीहरू कारागारमा पुगेपछि मानवीय व्यवहार पाउनुपर्ने भए पनि त्यस अनुरूपको सुविधा दिन नसकिएको जेलर घिमिरेको भनाइ छ ।
“कैदी सङ्ख्याका आधारमा पर्याप्त ठाउँ छैन । कारागारमा आपत्कालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ । कारागारमाथि बजार, तलतिर भिरालो र व्यक्तिको जमिन भएकाले सडक पुराउन सकिएको छैन”, उनले भने ।
कारागार जाने माथितर्फ सानो भिरालो सिडी (भर्याङ) ओर्लिएपछि यहाँ पुग्न सकिने घिमिरेले उल्लेख गरे । कुनै विपद् भएर कैदीबन्दीलाई तत्काल उद्धार गर्नुपरेमा एम्बुलेन्स, दमकल वा सुरक्षा निकायका गाडी पुग्नसक्ने सडक नभएको उनले बताए ।
कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि सरोकार भएका निकायलाई पटक पटक अनुरोध गरे पनि हालसम्म सुनुवाइ नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण