कांग्रेस र कम्युनिस्टहरू सङ्घीयताको पक्षमा छैनन् : अध्यक्ष यादव
सारांश
- जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टहरू सङ्घीयताको पक्षमा नरहेको आरोप लगाए।
- यादवले कांग्रेस र कम्युनिस्टका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र सङ्कटमा परेको बताए।
- उनले नेपालमा वास्तविक कम्युनिस्ट नभएको र अवसरवादीको जमात रहेको आरोप लगाए।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टहरू सङ्घीयताको पक्षमा नरहेको आरोप लगाएका छन्।
शुक्रबार जनकपुरधाममा सङ्घीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको 'वर्तमान राजनीतिक अवस्था: जनजागरण अभियान' लाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र कम्युनिस्टका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा बढी सङ्कटमा रहेको बताए।
अध्यक्ष यादवले भने, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै सङ्कटमा छ, धरापमा छ। काँग्रेस र कम्युनिस्टको कारण हो। कहिले पनि काँग्रेस सङ्घीयताको पक्षमा छैन। कहिले पनि नेपाली काँग्रेस गणतन्त्रको पक्षमा थिएन। बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र कांग्रेसको मूल मन्त्र हो। यो माला जपिरहन्छन्।'
उनले नेपालमा वास्तविक कम्युनिस्टहरू नरहेको र कम्युनिस्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात मात्र जम्मा भएको आरोप लगाए। उनले थपे, 'जो कहिले पनि नेपालमा सङ्घीयता र समावेशिताको पक्षमा छैनन्। अहिले दुवै मिलेर सबैभन्दा धेरै प्रहार सङ्घीयतामाथि गरिरहेका छन्। यो देखावटी र नक्कली सङ्घीयता हो।'
यादवले प्रदेश सरकारको अधिकार र कानुन केही नरहेको भन्दै यस्तो सरकार हुन नसक्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसद नै नभएको राष्ट्रियसभा किन ११ गतेसम्म स्थगित भयो ?
-
समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा
-
ललितपुरमा फोहरमैला व्यवस्थापनका लागि जीपीएस प्रणाली
-
बलिउड गायक अभिजित भट्टाचार्य काठमाडौँमा
-
ललितपुर रैथाने बस्तीमा अनुमति बिना टिपर चलाउन रोक
-
रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछानेकै नेतृत्व अपरिहार्य छ: रञ्जु न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण