बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन
सारांश
- बाढीपहिरोका कारण देशभरका १२ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
- सडक विभागका अनुसार १६० वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।
काठमाडौँ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।
विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध छन् । जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ ।
यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ । चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ । ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि बन्द भएको छ ।
विभागका अनुसार छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि बन्द छ । कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग),सुर्खेत –तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध छ ।
विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ ।
यसैबिच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण