शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रवासी नेपाली भेलामा सहभागी हुन प्रभु साह दिल्लीमा

शनिबार, २१ भदौ २०८२, १६ : ५८
शनिबार, २१ भदौ २०८२

सारांश

  • आजपाका अध्यक्ष प्रभु साह प्रवासी नेपालीहरूको सम्मान र सुरक्षाका लागि दिल्ली पुगेका छन्।
  • उनी भारतमा आयोजित भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्, जसमा विभिन्न पेशाका नेपालीहरूको उपस्थिति रहनेछ।
  • आजपाले दिल्लीपछि मलेसिया, दुबई, कतारलगायतका मुलुकमा पनि संगठन विस्तार गर्ने तयारी गरेको छ।

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।

शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गरेका साह प्रवासी नेपालीहरूको सम्मान र सुरक्षाका लागि भन्ने नारासहित आजपा निकट आम प्रवासी नेपाली एकता समाज भारत शाखाले आयोजना गरेको भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीहरूको उपस्थिति रहने अध्यक्ष साहका स्वकीय सचिव एवं भारत विभाग प्रमुख विजय यादवले जानकारी दिएका छन्।

यसअघि साह भारतको मुम्बईमा आयोजित प्रवासी नेपाली भेलामा समेत सहभागी भएका थिए। हाल आजपा नेपालभित्र मात्र नभई विदेशमा समेत संगठन विस्तारको अभियानमा रहेको र त्यही क्रममा दिल्लीमा आयोजना भएको कार्यक्रममा पनि अध्यक्ष साह सहभागी हुन पुगेका हुन्।

दिल्लीमा उनले भेला तथा अन्तरक्रियामा सहभागी हुनुका साथै त्यहाँ रहेका नेपाली उद्योगी, व्यापारी, विद्यार्थी र समुदायसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ। आठ वर्षपछि साह पहिलो पटक दिल्ली पुगेका हुन्।

आजपाले दिल्लीपछि मलेसिया, दुबई, कतारलगायतका मुलुकमा पनि संगठन विस्तार गर्दै त्यहाँ रहेका प्रवासी नेपालीहरूसँग विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप