अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क
सारांश
- भेरी अस्पताल नेपालगञ्जमा अब मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क उपलब्ध गराइने भएको छ।
- डा. राजन पाण्डेका अनुसार, यो इन्जेक्सनले पक्षघात हुनबाट जोगाउँछ र उपचारको सम्भावना बढाउँछ।
- अस्पतालले विपन्न वर्गलाई राहत पुर्याउने उद्देश्यले यो सेवा सुरु गरेको हो, जसले आसपासका जिल्लाहरूका बिरामीलाई पनि लाभान्वित गर्नेछ।
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघात (स्ट्रोक) भएका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क उपलब्ध गराइने भएको छ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। मस्तिष्कघातको लक्षण देखिएलगत्तै साढे चार घण्टाभित्र अस्पताल ल्याउन सके उपचारको सम्भावना उच्च हुने उनको भनाइ छ।
हाल एक भायल अल्टेप्लेज इन्जेक्सनको मूल्य करिब एक लाख रुपैयाँ पर्छ, जसलाई सबै बिरामीले खरिद गर्न सक्दैनन्। यसैले अस्पतालमा निःशुल्क उपलब्ध गराउँदा विपन्न तथा सिमान्तकृत वर्ग लाभान्वित हुने अपेक्षा गरिएको छ।
पहिलो चरणमा भेरी अस्पतालमा २० भायल उपलब्ध भएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिएका छन्। यसले सात जनासम्मको उपचार गर्न सकिने छ।
यसअघि काठमाडौँ र भरतपुरलगायतका केही सरकारी अस्पतालमा मात्रै यो सुविधा निःशुल्क उपलब्ध थियो। भेरी अस्पतालमा भने हालसम्म उपलब्ध थिएन। हालै डा. सुवेदी, डा. पाण्डेसहितको पहलमा यहाँ पनि सुविधा विस्तार गरिएको हो।
अस्पतालको यो कदमले नेपालगञ्ज मात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण