भोजपुरमा साइबर सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन कार्यालय सञ्चालन
सारांश
- भोजपुरको अरुण गाउँपालिकामा साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रवर्द्धन गर्न कार्यालय स्थापना गरिएको छ।
- कार्यालयले स्थानीय युवायुवतीलाई इन्टरनेट प्रयोग, साइबर सुरक्षा, अनलाइन रोजगार र ई-कमर्सबारे तालिम दिनेछ।
- पूर्वएआइजी भीम ढकालले अरुणलाई 'आइटी हब' बनाउने लक्ष्य लिएका छन् र यसको लागि जेनेस कम्पनीसँग सहकार्य गरिएको छ।
भोजपुर । ग्रामीण भेगमा साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रवर्द्धन गर्न भोजपुरको अरुण गाउँपालिका–४ फालिटारमा कार्यालय स्थापना गरिएको छ । नेपाल प्रहरीका पूर्वएआइजी भीम ढकालको पहलमा आइटीसम्बन्धी काम गर्ने जेनेस कार्यालय स्थापना गरिएको हो । कार्यालयले इन्टरनेटमार्फत आयआर्जन, रोजगारी सृजना र डिजिटल जागरूकतासँगै सचेतना फैलाउने उद्देश्य लिएको छ ।
चार महिनाको तयारीपछि सञ्चालनमा ल्याइएको कार्यालयबाट स्थानीय युवायुवतीलाई इन्टरनेटको प्रयोग, साइबर सुरक्षा, अनलाइन रोजगारका अवसर, ई–कमर्स र डिजिटल बजारबारे तालिम दिइनेछ । हालसम्म तालिम लिएका तीन जनालाई रोजगारीसमेत प्रदान गरिएको छ ।
पूर्वएआइजी ढकालले आफ्नो जन्मथलोमा सूचना प्रविधिको विकास गर्दै अरुणलाई भोजपुरको ‘आइटी हब’ बनाउने लक्ष्य लिएको बताए । उनका अनुसार यो कार्यालय अमेरिकी मुख्यालय भएको जेनेस बहुराष्ट्रिय कम्पनीको सहकार्यमा सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय इन्टरनेटको माध्यमबाट हुने आपराधिक क्रियाकलाप न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यले दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने योजनाका साथ कार्यालय सञ्चालन गरिएको ढकालको भनाइ छ ।
कार्यालयबाट डिजिटल साक्षरता, साइबर सुरक्षा, ई–कमर्स, अनलाइन बजार प्रवर्द्धन र दैनिक इन्टरनेटसम्बन्धी काममा आवश्यक सेवा प्रदान गरिनेछ । मुख्य रूपमा गाउँका युवाहरूलाई प्रविधिको सही प्रयोगमार्फत आत्मनिर्भर बनाउने अपेक्षा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण