रुसले युक्रेनमाथि हान्यो ८०० भन्दा बढी ड्रोन–मिसाइल
सारांश
- गएको रात रुसले युक्रेनमाथि सयौँ ड्रोन र मिसाइल प्रहार गरेको छ।
- किभको क्याबिनेट भवनमा आक्रमण भएको युक्रेनकी प्रधानमन्त्रीले पुष्टि गरिन्।
- युक्रेनी सेनाले ७५१ ड्रोन र मिसाइललाई खसालेको छ, र केही क्षेत्रमा क्षति पुगेको छ।
किभ । गएको राति रुसले युक्रेनमाथि सयौँ ड्रोन र मिसाइल प्रहार गरेको छ । युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले आइतबार बिहान किभको क्याबिनेट भवनमा आक्रमण भएको आधिकारिक रूपमा पुष्टि गरेकी छिन् ।
रुसी आक्रमणमा यो भवनलाई निशाना बनाएको यो पहिलो पटक थियो । रातभर जारी रहेको आक्रमणमा रुसले ८०५ वटा ड्रोन र १३ वटा मिसाइलहरू प्रहार गरेको युक्रेनी वायुसेनाले बताएको छ ।
यीमध्ये ७५१ ड्रोन र मिसाइललाई आफ्ना सेनाले आकाशबाटै भुइँमा झारेको वायुसेनाले भनेको छ । वायुसेनाको अनुसार ९ मिसाइल र ५६ ड्रोनहरू ३७ स्थानमा खसेका थिए । यसका भग्नावशेष्हरूले आठ ठाउँमा खसेको बताइएको छ ।
आफूले आइतबार बिहान इन्डिपेन्डेन्स स्क्वायर पछाडिबाट धुवाँको ठुलो बादल आकाशमा उडिरहेको देखेको किभमा रहेकी बीबीसीकी पूर्वी युरोप संवाददाता सारा रेन्सफोर्डले बताइन् ।
दुई रुसी क्रूज मिसाइलहरू धेरै उच्च गतिमा दौडिरहेको अनि केहीबेरमै विस्फोट सुनेको पनि उनले बताइन् । रुसी मिसाइलहरू र ड्रोनहरूले सहरको केन्द्रमा सिधै आक्रमण गर्नु असामान्य हो । युक्रेनको वायु रक्षा प्रणाली यस क्षेत्रमा धेरै बलियो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण