अनुतिन बने थाइल्याण्डको नयाँ प्रधानमन्त्री
सारांश
- अनुभवी राजनीतिज्ञ अनुतिन चार्नविराकुल थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
- पूर्व प्रधानमन्त्री पेतोंगतार्नलाई अदालतले हटाएपछि अनुतिनले यो जिम्मेवारी पाएका हुन्।
- अनुतिनले गाँजाको अपराधबाट थाइल्याण्डलाई मुक्त गर्न र चार महिनाभित्र संसद विघटन गर्ने वाचा गरेका छन्।
बैंकक । थाइल्याण्डका अनुभवी राजनीतिज्ञ अनुतिन चार्नविराकुल देशको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएका छन् । संसद्ले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको दुई दिनपछि शाही परिवारले उनको मनोनयनलाई अनुमोदन गरेको छ ।
पूर्व प्रधानमन्त्री पेतोंगतार्न शिनावात्रालाई अदालतले हटाएपछि अनुतिनले यो जिम्मेवारी पाएका हुन् । उनी २०२३ को आम चुनाव पछि पछिल्लो दुई वर्षमा थाइल्याण्डमा प्रधानमन्त्री बन्ने उनी तेस्रो व्यक्ति हुन् ।
छिमेकी देश कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको विवादास्पद फोन कल मामिलामा पूर्व प्रधानमन्त्री पेतोंगतार्न दोषी ठहरिएकी थिइन् । जुलाईमा दुई देशबिच पाँच दिने सशस्त्र द्वन्द्व अघि यो फोन कल भएको थियो ।
यो फोन कलले दुवै क्षेत्रको विवादास्पद सीमा क्षेत्रमा युद्धको जोखिम बढाएको थियो । अनुतिन थाइल्यान्डलाई गाँजाको अपराधबाट मुक्त गर्नका लागि बढी चिनिन्छन् ।
प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि अनुतिनले आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गर्ने कुरामा जोड दिएका थिए । आफूले पूर्ण इमानदारी र निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गर्ने प्रतिज्ञा उनले गरेका थिए ।
शुक्रबार सदनमा उनले प्रमुख विपक्षी दल पिपुल्स पार्टीको समर्थन प्राप्त गरेका थिए । यसको बदलामा उनले चार महिना भित्र संसद विघटन गर्ने र निर्वाचित संविधान सभाद्वारा नयाँ संविधानमा जनमत सङ्ग्रह गर्ने वाचा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण