जापानी प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिँदै
सारांश
- जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने निर्णय गरेका छन्, तर मिति तोकिएको छैन।
- एलडीपीले चुनावमा हार बेहोरेपछि पार्टीमा एकता कायम राख्न उनले राजीनामा दिएका हुन्।
- यस घटनाले जापानको आन्तरिक राजनीति र अमेरिका-जापान व्यापार सम्बन्धलाई असर गर्न सक्ने देखिन्छ।
टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चाँडै राजीनामा दिन सक्ने देखिएको छ । तर, उनले कहिले पद छोड्ने भन्ने ठ्याक्कै मिति भने तोकिएको छैन । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीमा विभाजन हुन नदिन शिगेरु इशिबाले आइतबार आफूले पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।
जापानको सरकारी टिभी च्यानल एनएचकेले यो खबर दिएको हो । यद्यपि, यो घोषणा हुनुभन्दा केही हप्ताअघि चाहिँ इशिबाले राजीनामा दिने खबरलाई अस्वीकार गरेका थिए । त्यतिबेला उनले अमेरिकासँगको अतिरिक्त भन्सार महसुल (ट्यारिफ) सम्झौतालाई उचित रूपमा लागू गर्न चाहेको बताएका थिए ।
इशिबाको पार्टी एलडीपी र यसका सहयोगीहरूले जुलाईमा भएको चुनावमा ऐतिहासिक हारको सामना गरेपछि उनको राजीनामाको निर्णय आएको हो । यो हारका कारण एलडीपीले माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएको थियो, जसले गर्दा पार्टीभित्र मतभेद र असन्तुष्टि बढेको थियो ।
इशिबाले राजीनामामार्फत आफूले पार्टीमा एकता कायम राख्न चाहेको र प्राथमिक उद्देश्य देशलाई राजनीतिक अस्थिरताबाट बचाउनुरहेको छ भन्ने सङ्केत गरेका छन् । यो घटनाक्रमले जापानको आन्तरिक राजनीतिमा त असर गर्छ नै यसले अमेरिका–जापान व्यापार सम्बन्ध र अन्य अन्तर्राष्ट्रिय सम्झौताहरूलाई पनि असर गर्न सक्नेछ ।
गएको पाँच वर्षदेखि जापानमा राजनीतिक अस्थिरता चुलिएको छ । कुनै पनि प्रधानमन्त्री तीन वर्षसम्म सरकारमा टिक्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण