सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी बनाउनुपर्ने बताए।
- उनले पार्टीमा युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्नेमा जोड दिए।
- पोखरेलले पार्टी सदस्यमा महिलाको संख्या बढाउनुपर्ने र नेताको जीवनशैली सरल हुनुपर्ने बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुने बताएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्याउनुपर्ने बताए ।
महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिए । उनले वडातहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिनेसमेत बताए ।
महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए । उनले नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिए । उनले पार्टीमा युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने समेत बताए ।
महासचिव पोखरेलले प्रदेशदेखि तल्लो तहमा युवाको प्रतिनिधित्व कम रहेको बताए । ‘४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने । पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको छ । हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन’, उनले भने ।
पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताए । ‘महिलाको पार्टी सदस्यता २६ प्रतिशत मात्र रहेको छ । पाटी सदस्य विस्तार नगरीकन सक्षम नेतृत्व निर्माण हुन सक्दैन’, उनले जवाफ दिने क्रममा भने ।
उनले २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले एउटा मोटरसाइकल उपलब्ध गराउँदा खुसी भएको प्रसङ्ग उल्लेख गर्दै आजको सामाजिक अपेक्षाअनुसार नेताको जीवन सरल हुनुपर्ने बताए ।
‘पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली तडकभडक जुन बढेको छ त्यसलाई जनताले निगरानी गरिरहेका छन्’, उनले भने । उनले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेट्ने जानकारी समेत दिए ।
बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझावका आधारमा आज प्रतिवेदनलाई पारित गर्ने र जवाफका क्रममा सुझाव नछुटोस् भनेर थप छलफल गरेर दस्तावेज बनाइने उनको भनाइ थियो ।
उनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सैद्धान्तिक भएकाले थप समूह नेताबाट छलफल गरेर केही हेरफेर हुनसक्ने र पार्टी विधानमा हेरफेर नगरीकन महाधिवेशनबाट विधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अहिले छुटेका कुरालाई पछि समेटिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण