छिटोछरितो र पारदर्शी सेवा प्रवाहका लागि कर्मचारीलाई निर्देशन
सारांश
- मन्त्री सरोजकुमार यादवले कर्मचारीलाई छिटोछरितो र पारदर्शी सेवा प्रवाह गर्न निर्देशन दिए।
- कर्मचारी जनतासँग जोडिने सरकारको प्रतिनिधि भएकाले सेवालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
- कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजेता कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
धनुषा । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले राष्ट्रसेवक कर्मचारीलाई छिटोछरितो र पारदर्शी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
निजामति सेवा दिवसका अवसरमा मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उनले कर्मचारी नै जनतासँग जोडिने सरकारको प्रतिनिधि भएकाले सेवाको प्रभावकारिताका लागि क्रियाशील हुन निर्देशन दिए ।
कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका यादवले जनताको आस्था, विश्वास र अपेक्षालाई पूरा गर्नेगरी सेवा प्रवाह गर्न प्रशासन अग्रसर हुनुपर्ने र त्यसमा आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताए ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव मदन भुजेल, धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, उच्चपदस्थ अधिकारी, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजेता कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण