एमाले निर्वाचन आयोगको अध्यक्षमा सुब्बा निर्वाचित
आइतबार, २२ भदौ २०८२, २२ : २८
सारांश
- डा. विजय सुब्बा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निर्वाचन आयोगको अध्यक्षमा पुनः निर्वाचित भएका छन्।
- ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनले उनलाई सर्वसम्मत चयन गरेको हो।
- आयोगमा उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामासहित २५ सदस्य चयन गरिएका छन्।
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निर्वाचन आयोगको अध्यक्षमा डा.विजय सुब्बा पुनः निर्वाचित भएका छन् ।
ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनले आयोगको अध्यक्षमा डा.सुब्बालाई सर्वसम्मत चयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसअघि पनि उनी अध्यक्ष रहेका थिए ।
यस्तै, आयोगको उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामासहित २५ सदस्य चयन गरिएका छन् । आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन, मातहतका कमिटी र जनसङ्गठनको निर्वाचन गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण