पालुङटारकी नेसपा नेतृ सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश
सोमबार, २३ भदौ २०८२, ०८ : ३४
सारांश
- पालुङटार नगरपालिका उपाध्यक्ष सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गरिन्।
- उनी 'जनतासँग माओवादी' अभियानका क्रममा पार्टीमा प्रवेश गरेकी हुन्।
- श्रेष्ठले माओवादी केन्द्रमा फर्केर जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाइन्।
गोरखा । पालुङटार नगरपालिका उपाध्यक्ष तथा नेसपा नेतृ सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।
जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उनी माओवादी केन्द्र प्रवेश गरेकी हुन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई सोमबार पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशपछि नेतृ श्रेष्ठले विभिन्न अनुभवका आधारमा नेसपाबाट देश र जनताको लागि ठोस काम गर्न नसकिएको महसुस भएकाले माओवादी केन्द्रमै फर्किएको बताइन् । उनले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरको रुपमा लिएर अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अध्यक्ष प्रचण्डले श्रेष्ठको आफ्नै घर आगमनले पार्टी संगठन थप सबल हुने विश्वास व्यक्त गर्नुका साथै अन्य नेताकार्यकर्तालाई पुरानै घर फर्किन अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण