शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
जेनजीको प्रदर्शन

कलेज ड्रेस लगाएर माइतीघर आइपुगे जेनजी, तस्बिरहरू

सोमबार, २३ भदौ २०८२, ०९ : ३१
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । 

Gen z Protest_NPL (1)

युवाहरू बिहान ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका छन् । कलेज ड्रेस लगाएर उनीहरू प्लेकार्डसहित आइपुगेका छन् ।

Gen z Protest_NPL (3)

उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।

Gen z Protest_NPL (2)

जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।

आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।

Gen z Protest_NPL (4)Gen z Protest_NPL (5)Gen z Protest_NPL (6)Gen z Protest_NPL (7)Gen z Protest_NPL (8)Gen z Protest_NPL (9)Gen z Protest_NPL (10)Gen z Protest_NPL (11)Gen z Protest_NPL (12)Gen z Protest_NPL (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप