जेनजी आन्दोलन : देउवाले गरे गगन र विश्वप्रकाशसँग कुराकानी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनका विषयमा छलफल गरेका छन् ।
सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर महामन्त्री थापा र शर्मासँग दुई विषयमा कुराकानी गरेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले महामन्त्रीद्वयसँग देउवाले छलफल गरेको जानकारी दिए ।
‘सभापतिज्यूले महामन्त्रीद्वयसँग कुराकानी गर्नुभएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनबारे कुराकानी भएको हो,’ स्वकीय सचिव देउवाले रातोपाटीसँग भने ।
भेटमा महामन्त्री थापाले जेनजी पुस्ताको भावना, विद्यार्थीलाई परेको असर, विदेशमा रहेका छोराछोरीसँग कुराकानी गर्न आमाबाबुलाई परेको अप्ठ्यारो, सामाजिक सञ्जाल बन्दले गर्दा नजिकिएको चाडबाड र संगीत उद्योग एवं डिजिटल प्लेटफर्म माध्यमका सबै व्यवसायी समेतलाई परेकोले सरकारी निर्णय फिर्ता गर्न सुझाव दिनुपर्ने बताएका थिए ।
देउवाले पार्टीले सरकारमा पठाएका मन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसबारे कुराकानी गर्ने बताएका थिए । यद्यपि स्वकीय सचिव देउवाले प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम तय भइनसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण