बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

जेनजी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

सोमबार, २३ भदौ २०८२, १४ : ४२
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ । साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे ।

मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राई छन् । जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘यसअघि मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन ।’

यसअघि मृत्यु हुनेमा करिब २२ वर्षीय युवक छन् । एक जनाको मृत्यु पुष्टि भएको सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहन चन्द्र रेग्मीले जानकारी दिए । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७७ जना घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप