समाचार
इटहरी उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सोमबार, २३ भदौ २०८२, १६ : २८
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेका हुन्।
सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी यो कर्फ्यु आदेश जारी गरिएको छ। तोकिएको चार किल्लाभित्र कसैलाई पनि हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।
चारकिल्ला
- उत्तर:- हलगडा नेपाली सेनाको ब्यारेक देखि पारुहाङ चोक भित्र
- पूर्व :- मिलन चौक देखि जुट विकास भित्र
- दक्षिणः- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बस पार्क क्षेत्र भित्र
- पश्चिम :- कलङ्की मोड देखि जनता बस्ती भित्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण