राष्ट्रिय मुक्ति पार्टीले भन्यो– जेनजी आन्दोलन भड्किनुमा प्रधानमन्त्री दोषी
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीले आज देशभरी भड्किएको जेनजी युवाहरूको आन्दोलनप्रति सरकारले अपनाएको दमनकारी नीति र हिंसात्मक रवैयाप्रति कडा आपत्ति जनाएको छ।
पार्टीले सोमबार जारी गरेको प्रेस वक्तव्यमार्फत शान्तिपूर्ण आन्दोलनलाई दबाउन सरकारले अनावश्यक बल प्रयोग गरेको बताएको छ ।
पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई “भ्रष्टाचारमा लिप्त” आरोप लगाउँदै आन्दोलन हिंसात्मक बन्नुमा ओली सरकारकै हस्तक्षेप प्रमुख कारण भएको बताएको छ।
फेसबुक लगायत सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धले नागरिक स्वतन्त्रतालाई गम्भीर रूपमा हनन् गरेको छ र यसले जनआक्रोश झन् बढाएको सो पार्टीले बताएको छ ।
काठमाडौँ, विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा, बुटवल र नेपालगञ्जलगायतका सहरमा भएको आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको, सयौँ घाइते भएको र कम्तीमा १८ जनाको ज्यान गएको उल्लेख गर्दै पार्टीले यसबारे पूर्ण पारदर्शी अनुसन्धान गर्न माग गरेको छ।
राष्ट्रिय मुक्ति पार्टीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउनुपर्ने, घाइते प्रदर्शनकारीको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र मृत्यु भएको घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिता जस्ता जायज माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेको छ ।
पार्टीले जेनजी युवाको आन्दोलनलाई जायज भन्दै त्यसमा ऐक्यबद्धता प्रकट गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण