राजीनामा होइन, नरसंहारको मुद्दामा प्रधानमन्त्री र गृहमन्त्रीलाई जेल पठाउनुपर्छ : ज्ञानेन्द्र शाही
सारांश
- राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारको दमनको विरोध गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा पर्याप्त नभएको बताए।
- उनले नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनुपर्ने माग गरेका छन्।
- काठमाडौं, माइतीघर मण्डलालगायत देशभर भ्रष्टाचारविरुद्ध युवाहरूको प्रदर्शन भएको थियो, जहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप भयो।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले 'जेनजी' पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको कडा विरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हत्याकाण्ड मच्चाएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्याप्त नभई नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनुपर्ने बताएका हुन्।
सांसद शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, "यो राजीनामा माग्ने समय होइन। नरसंहार गरेर हत्याकाण्ड चलाएको मुद्दामा हत्कडी हालेर पक्राउ गर्दै जेल चलान गर्ने हो।"
आज काठमाडौँको माइतीघर मण्डला र बानेश्वरसहित देशभरका प्रमुख सहरहरूमा भ्रष्टाचारविरुद्ध युवाहरूको प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरूले सरकारको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए।
केही स्थानमा प्रदर्शन नियन्त्रण बाहिर जाँदा प्रहरीसँग झडप भएको र स्थिति तनावपूर्ण बनेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण