हेटौँडाका सबै विद्यालयहरु मङ्गलवार बन्द हुने
सारांश
- हेटौँडा उपमहानगरपालिकाले सोमबारको घटनालाई मध्यनजर गर्दै मंगलबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
- सोमबारको प्रदर्शन हिंसात्मक हुँदा देशभर १९ जनाको मृत्यु भएको छ र तीन सयभन्दा बढी घाइते भएका छन्।
- उपमहानगरपालिकाले शान्त वातावरण कायम राख्न र परिस्थितिलाई संवेदनशील रूपमा समाधान गर्न आग्रह गरेको छ।
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मङ्गलवार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले सोमबार साँझ एक सूचना सार्वजनिक गर्दै मङ्गलवार नगरका सबै सामुदायिक र निजी तथा संस्थागत शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ । उपमहानगरपालिकाले थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विद्यालय बन्दको निर्णय गरेको सूचनामा उल्लेख गरेको छ ।
सोमबार जेनजीले गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर १९ जनाले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी घाइते भएका छन् । विभिन्न ठाउँमा भइरहेको प्रदर्शनले शिक्षा क्षेत्रमा समेत प्रत्यक्ष असर पारेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको ठहर छ ।
उपमहानगरपालिकाले यस विषम परिस्थितिमा विद्यार्थी, शिक्षक, अभिभावक र सम्पूर्ण नगरवासीलाई शान्त वातावरण कायम गर्न आग्रह गरेको छ । साथै परिस्थितिलाई संवेदनशील ढङ्गले समाधान गर्न सबै पक्षलाई आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण