अपडेट
ललितपुरको विभिन्न स्थानमा कर्फ्यु आदेश जारी
मङ्गलबार, २४ भदौ २०८२, ०६ : ५८
सारांश
- ललितपुर जिल्ला प्रशासनले जेनजी आन्दोलनलाई मध्यनजर गर्दै मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ।
- कर्फ्यु आदेश स्थानीय प्रशासन ऐन, २०८८ अन्तर्गत बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि जारी गरिएको हो।
- ललितपुर महानगरपालिकाका केही वडामा आवतजावत, भेला, जुलुस, प्रदर्शन गर्न रोक लगाइएको छ।
काठमाडौँ । जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ । बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम ललितपुर जिल्लाको विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो ।
ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण