उपत्यका प्रहरीको प्रमुखमा एआईजी दान बहादुर कार्की
मङ्गलबार, २४ भदौ २०८२, १० : ३४
सारांश
- मन्त्रिपरिषद् बैठकले एआईजी दान बहादुर कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरेको छ।
- कार्की यसअघि प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा कार्यरत थिए।
- टेक बहादुर तामाङको अवकाशपछि रिक्त रहेको उपत्यका प्रहरी कार्यालयको नेतृत्व कार्कीले सम्हाल्ने भएका हुन्।
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआईजी दान बहादुर कार्कीलाई सरुवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागमा कार्यरत कार्कीलाई उपत्यकामा पठाउने निर्णय गरेको एक जना उच्च प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको कमान्ड गरेका कार्कीले डीएसपी हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरको कमान्ड गरेका थिए । टेक बहादुर तामाङ अनिवार्य अवकाशमा गएपछि उपत्यका प्रहरी कार्यालय नेतृत्व विहीन थियो । सोमबारको प्रदर्शनको सुरक्षा कमान्ड डीआईजी ओम रानाले गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण