निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन
मङ्गलबार, २४ भदौ २०८२, १० : ३६
सारांश
- काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि सोमबार पुँजीबजारको कारोबार स्थगित गरिएको छ।
- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गर्दै कारोबार स्थगन गरिएको जनाएको छ।
- लगानीकर्ताको अनुरोध र निषेधाज्ञाका कारण धितोपत्र कारोबार स्थगन गरिएको हो।
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो ।
उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ ।
सूचनामा भनिएको छ, “चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ । ”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण