बिर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी
सारांश
- बिर्तामोडस्थित एमाले पार्टी कार्यालयमा आन्दोलनकारीले आगजनी गरे।
- कोशी प्रदेश प्रहरीले आगजनीको जानकारी पाएपछि प्रहरी परिचालन गरेको छ।
- देशभर चलेको आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्।
झापा । झापाको बिर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीहरूले आगजनी गरेका छन् । मंगलबार बिहान प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगो लगाएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोख्रेलले आगजनीको सूचना पाउनासाथ प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । आन्दोलनकारीले सोमबार मात्रै सोही कार्यालयमा तोडफोड गरेका थिए ।
देशभर चर्किएको ‘जेन–जी’आन्दोलनका क्रममा प्रदर्शनकारीले विभिन्न स्थानमा प्रदर्शन र तोडफोड गरिरहेका छन् । झपाको दमक र बिर्तामोडमा सोमबार रातिदेखि नै तनावपूर्ण स्थिति रहेको र कर्फ्युसमेत लगाइएको थियो । प्रदर्शनकारीले दमक नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनमा पनि आगजनी गरेका थिए ।
सोमबारको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो, जसले गर्दा आन्दोलन थप चर्किएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण