नेपालमा भइरहेको प्रदर्शनबारे भारतले के भन्यो ?
मङ्गलबार, २४ भदौ २०८२, ११ : ४९
सारांश
- भारतले नेपालको पछिल्लो घटनाक्रमबारे धारणा सार्वजनिक गर्दै धेरै युवाको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।
- विज्ञप्तिमा भारतले मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
- भारतले नेपाललाई संयम अपनाउन र शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।
काठमाडौं । नेपालमा भइरहेको पछिल्लो घटनाक्रमबारे भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको स्थिति नजिकबाट नियालिरहेको र युवाको ज्यान गएकोमा दुःखी भएको जनाएको हो।
विज्ञप्तिमा, भारतले मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। भारतले नेपाललाई घनिष्ठ मित्र र छिमेकीको रूपमा लिँदै सम्बन्धित सबै पक्षलाई संयम अपनाउन र कुनै पनि विषयलाई शान्तिपूर्ण माध्यम तथा संवादमार्फत समाधान गर्न आग्रह गरेको छ।
काठमाडौं लगायत अन्य शहरहरूमा लगाइएको कर्फ्युको अवस्थालाई पनि भारतले ध्यानमा राखेको जनाएको छ। साथै, नेपालमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र यहाँका अधिकारीहरूले जारी गरेका निर्देशनको पालना गर्न पनि आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण