रास्वपाका सांसद असिम शाहले दिए राजीनामा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले पदबाट राजीनामा दिएका छन्।
- उनले सरकारको दमन र नागरिक अधिकारमाथिको हस्तक्षेपलाई राजीनामाको कारण बताए।
- सांसद शाहले युवाको आवाज नसुनेको र सरकारले नागरिक प्रतिबद्धता तोडेको आरोप लगाए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले पदबाट राजीनामा दिएका छन् । शाहले आजकै मितिदेखि लागु हुनेगरी राजीनामा दिएको बताए ।
राजीनामा इमेलमार्फत संसद् सचिवालयलाई पठाउन लागेको जानकारी दिए । पार्टी सचिवालयका आकमिस्क बैठक बसिरहेकाले राजीनामाबारे जानकारी गराउन बाँकी रहेको बताए ।
‘मैले आजकै मितिदेखि लागु हुनेगरी राजीनामा घोषणा गरेको छु । संसद् सचिवालयलाई इमेलमार्फत जानकारी गराउँदै छु । पार्टीको अहिले आकस्मिक बैठक बसेकाले जानकारी गराइएको छैन’, रातोपाटीसँग उलने भने ।
उनले जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको बताएका छन् ।
सांसद लागि मात्र पद नभइ नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो, र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोडेकाले त्यस्तो संसदमा बसिरहनु सम्भव नभएको बताए ।
‘मैले पटक–पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ— सडक विद्रोह हुन सक्छ, यदि युवाको भावना बुझिएन भने। तर, सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण