जेनजी आन्दोलन
प्रदर्शनकारी कोशी प्रदेशसभा भवन प्रवेश गर्न खोजेपछि सडक रणमैदान
मङ्गलबार, २४ भदौ २०८२, १२ : ५१
विराटनगर । कर्फ्यू उल्लंघन गर्दै जेनजी आन्दोलनकारीहरु कोशी प्रदेशसभा भवनमा प्रवेश गर्न खोजेपछि विराटनगरको देवकोटा चोक र अस्पताल चोकबिचको सडक रणमैदान बनेको छ ।
बिहानैदेखि देवकोटा चोकमा भेला भएर जेनजीहरुले प्रदर्शन गरिरहेका थिए । अस्पताल चोकतर्फबाट प्रहरीको ब्यारिकेट तोडेर प्रदर्शनकारीको समूह प्रदेशसभा छिर्ने भन्दै अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ भने आन्दोलनकारीले ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीले हानेको अश्रुग्यासको सेल प्रदर्शनकारीले प्रहरीतिरै फालिरहेका छन् ।
विराटनगरका चोकचोकमा प्रदर्शन जारी छ । चोकचोकमा रहेका ट्राफिक पोस्टहरु प्रदर्शनकारीले जलाएका छन् भने बजार पूर्णरुपमा बन्द छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण