सार्वजनिक सम्पत्ति नष्ट नगर्न कुलमान घिसिङको अपिल, संयमता र दीर्घकालीन सुधारतर्फ उन्मुख हुन आह्वान
काठमाडौं । देशभर जेनजी आन्दोलनमा भएको सरकारी दमनपछि उत्पन्न परिस्थितिप्रति दु:ख व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले संयमता अपनाउन आग्रह गरेका छन्।
उनले मंगलबार जारी अपिलमार्फत निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न आग्रह गर्दै दीर्घकालीन सुधार र सकारात्मक परिवर्तनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, 'प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा अब संयमित हुने समय आएको छ। सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट निर्माण भएको हो र पुनर्निर्माणमा पनि हाम्रै पैसा खर्च हुने भएकाले यसलाई जोगाउन सबैलाई अनुरोध गर्दछु।'
घिसिङले आन्दोलनमा सहाभागी युवापुस्ता, संलग्न संस्था र नागरिक समाजलाई धैर्य, आत्ममूल्यांकन र सहकार्यका भावनासहित अघि बढ्न आह्वान गरेका छन्। अपिलमा उनले विधिसम्मत र विवेकसम्मत बाटो अपनाउनुपर्ने उल्लेख गर्दै मध्यावधि निर्वाचनमार्फत नयाँ राजनीतिक निकास खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।
'जेनजी सहित अन्तरिम चुनावी सरकार गठन गरेर राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक छ,' घिसिङले भनेका छन्, 'यो कालो समयलाई चिर्दै उज्यालो नेपाल सम्भव छ, हामी सबै मिलेर यसलाई सार्थक बनाउन सक्छौं।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण