अस्ट्रेलियामा राजेश हमालले गरे जेनजीलाई सम्बोधन : संयमित बन्न आग्रह
सारांश
- राजेश हमाल अस्ट्रेलियामा जेन जीको ऐक्यबद्धता सभामा सहभागी भए र युवाहरूलाई सम्बोधन गरे।
- उनले जेन जी माथिको सरकारी दमनलाई राज्यको अपराध र दुःखद घटना भने।
- उनले आन्दोलनलाई शान्तिपूर्ण बनाउन र राष्ट्रिय सम्पत्तिको रक्षा गर्न आग्रह गरे।
अस्ट्रेलिया । अभिनेता राजेश हमाल अस्ट्रेलियाको सिड्नीस्थित स्ट्रयाथफिल्डमा जेन जीद्वारा आयोजित ऐक्यबद्धता तथा श्रद्धाञ्जली सभामा सहभागी भएका छन् । ठुलो सङ्ख्यामा भेला भएका युवाहरूलाई सम्बोधन गर्दै हमालले नेपालमा जेनजीले गरेको साहसको प्रशंसा गरे ।
उनले भने, ‘जेनजी माथि भएको सरकारी दमन राज्यको अपराध र इतिहासकै दुःखद घटना हो ।’ अहिले जेनजीले गरेको आन्दोलन तत्कालको आक्रोश मात्रै नभएर वर्षौंदेखिको असन्तुष्टि र गुनासो विस्फोट भएको पनि उनले बताए ।
हमालले आन्दोलन राष्ट्रका लागि र परिवर्तनका लागि भएकाले राष्ट्रिय सम्पत्तिमा क्षति नगर्न र संयमता अपनाउन पनि आग्रह गरे । राष्ट्रिय सम्पत्ति नेताको निजी सम्पत्ति नभएको जनताकै सम्पत्ति भएकोले त्यसको रक्षा गर्नुपर्नेमा उनले जोड दिए ।
हामी सबैलाई हाम्रो राष्ट्र, हाम्रो सम्पत्ति, हाम्रो पूर्वाधार प्यारो छ, भोलि युवाहरू नेतृत्वमा आउँदा पनि चाहिने त्यही पूर्वाधार हो, त्यसैले आन्दोलनको उद्देश्य र मर्मलाई शान्तिपूर्ण रूपमा अघि बढाऔँ, उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण