डा.चन्द्र भण्डारीको अपिल : ‘संयमता अपनाउँदै वार्ता र संवादबाट समाधान खोजौँ’
मङ्गलबार, २४ भदौ २०८२, २० : १७
सारांश
- डा.चन्द्र भण्डारीले सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्।
- उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
- भण्डारीले सरकारी निकायलाई नागरिकको सम्पत्ति सम्झेर थप क्षति हुन नदिने गरी काम गर्न सुझाव दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.चन्द्र भण्डारीले सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्।
‘मुलुक हामी सबैको हो। जनता नै सार्वभौम हुन्, युवा वर्तमान र भविष्य हुन्। हामीले कलिला छोराछोरी गुमायौँ, उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना छ।’ उनले भनेका छन् ।
आज एक अपिल प्रकाशित गर्दै नेता भण्डारीले सरकारी संरचना र निकायलाई पनि नागरिककै सम्पत्ति भन्दै थप मानवीय तथा भौतिक क्षति हुन नदिने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सुझाव दिएका छन्।
‘अब संयमता अपनाउँदै वार्ता र संवादबाट निकास दिन हार्दिक अनुरोध गर्दछु प्रिय जेन्जी, भण्डारीले लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण