नेपालमा भएको हिंसा हृदयविदारक : भारतीय प्रधानमन्त्री मोदी
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसाप्रति दुःख व्यक्त गरेका छन्।
- प्रधानमन्त्री मोदीले धेरै नेपाली युवाहरूको ज्यान गएकोमा चिन्ता व्यक्त गर्दै शान्ति कायम राख्न आह्वान गरेका छन्।
- उनले नेपालको स्थिरता, शान्ति र समृद्धिलाई महत्त्वपूर्ण ठानेका छन्।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक भएको बताएका छन् । मंगलबार राति सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री मोदीले धेरै नेपाली युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा आफ्नो मन अत्यन्तै विचलित भएको बताएका छन् ।
उनले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै सबै नेपालीलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गरेका छन् ।
उनले भनेका छन्–
‘आज दिनभरिको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण