सेनाको गस्ती टोलीद्वारा टोल–टोलमा खोलिएका पसलहरू बन्द गर्न आग्रह
बुधबार, २५ भदौ २०८२, १० : १३
सारांश
- काठमाडौं उपत्यकासहित देशभर नेपाली सेना शान्ति सुरक्षा कायम गर्न परिचालन भएको छ।
- सेनाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र अवाञ्छित गतिविधि भए खबर गर्न आग्रह गरेको छ।
- सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने मानिस र सवारीसाधनको उपस्थिति न्यून छ।
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएका छन् ।
सेनाको गस्ती टोलीद्वारा टोल–टोलमा खोलिएका पसलहरू पनि बन्द गर्न आग्रह गरिरहेका छन् । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।
हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण