ताप्लेजुङ पहिरोमा दुई घर पुरिए, दुई जना बेपत्ता
बुधबार, २५ भदौ २०८२, १२ : ०५
सारांश
- ताप्लेजुङको मैवाखोलामा पहिरो जाँदा दुई घर पुरिए, जसमा दुई जना बेपत्ता भएका छन्।
- बेपत्ता हुनेमा लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती रहेका छन्।
- पहिरोबाट एक बालिकाको सकुशल उद्धार गरिएको छ भने अर्का एक जना घाइते भएका छन्।
ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुईवटा घर पुरिएका छन् दुई जना बेपत्ता भएका छन् ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् ।
पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छभने एकलाई सामान्य चोट लागेको छ । निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी छ । निरन्तरको वर्षाले पहिरो खसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण