ओलीको भष्मासुर प्रवृत्तिले डढेलोमा पेट्रोल छर्ने काम गर्यो : गंगा श्रेष्ठ
बुधबार, २५ भदौ २०८२, १४ : ३९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले कामचलाउ प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृत्तिले देशमा दन्किरहेको डढेलोमा पेट्रोल छर्ने काम गरेको आरोप लगाएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले ओली सरकारले निहत्था नवयुवाहरूको नरसंहार गरेर नेपालको इतिहासमा कालो पोतेको बताएका छन् ।
जेनजी पुस्ताले गरेको आन्दोलनमाथि सरकारले दमन गर्दा सोमबार कम्तीमा १९ जना जेनजीको मृत्यु भएको थियो । सरकारी दमनको आक्रोशमा मंगलबार देशभर राजनीतिक दलका नेताहरू, तीनका घर र सार्वजनिक सम्पत्ति ध्वस्त बनाएका थिए ।
‘नवफाँसीवादी ओली सरकारले जसरी निहत्था नवयुवाहरूको नरसंहार गर्यो, त्यो नेपालको इतिहासमा सधैँ कालो दिनको रूपमा अंकित रहनेछ । त्यो फाँसीवादी कदमको जति भर्त्सना गरे पनि कम नै हुनेछ,’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण