फ्रान्समा प्रदर्शन चर्कियो, २ सय जना पक्राउ
बुधबार, २५ भदौ २०८२, १५ : ३८
काठमाडौँ । फ्रान्समा प्रदर्शन चर्किएको छ । बुधबार प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरेका थिए । उनीहरूले सार्वजनिक सम्पत्तिमा आगो लगाए ।
स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्यो । राष्ट्रपति इमानुएल म्याक्रोनलाई दबाब दिन यति बेला फ्रान्समा प्रदर्शनकारीहरू प्रदर्शन गरिरहेका छन् ।
देशमा चौथो पटक प्रधानमन्त्री परिवर्तन भएकोमा जनता आक्रोशित छन् । मानिसहरूले विरोध प्रदर्शन मार्फत नयाँ प्रधानमन्त्रीप्रति आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । राष्ट्रव्यापी विरोध प्रदर्शनको क्रममा बिहान सबेरै करिब २०० जना पक्राउ परेको जानकारी गृहमन्त्रीले दिएका थिए ।
आफ्नो आन्दोलनको क्रममा सबै कुरा ठप्प पार्ने प्रदर्शनकारीहरूले सरकारलाई चेतावनी दिएका थिए । स्थिति नियन्त्रणका लागि ८० हजार प्रहरी तैनाथ गरिएको भएपनि प्रदर्शनकारी अनियन्त्रित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण