झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त
बुधबार, २५ भदौ २०८२, १६ : ३१
काठमाडौँ । जेनजी प्रदर्शनकारीबाट भएको आगजनीमा परी घाइते भएकी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार बोल्न सक्ने अवस्थामा रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् ।
उनका अनुसार अहिले उनको उपचार भइरहेको छ र स्वास्थ्यमा सुधार भइरहेको छ ।मंगलबारको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइएको थियो ।
त्यसवेला नेता झलनाथ घरबाहिर थिए भने घरमै रहेकी रविलक्ष्मी आगोमा जलेकी हुन् । अहिले उनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।
चिकित्सकले उनी ‘खतरामुक्त’ भनेको भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण