महाराजगञ्ज क्षेत्रमा लुटपाटमा संलग्न चार जनालाई सेनाले समात्यो
सारांश
- नेपाली सेनाले महाराजगञ्जबाट लुटपाटमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
- सेनाले विभिन्न ठाउँबाट ७३ नाल हतियार बरामद गरेको छ, जसमा हतियार र म्यागजिनहरू छन्।
- काभ्रेको धुलिखेल र डिल्लीबजार कारागारमा भएका घटनाहरू सेनाको पहलमा नियन्त्रणमा आएका छन्।
काठमाडौँ । नेपाली सेनाले महाराजगञ्ज क्षेत्रबाट लुटपाटमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूबाट सात नाल हतियार र उक्त हतियारमा प्रयोग हुने म्यागजिन, राउण्ड, ब्युनेटलगायत सामग्री तथा व्यक्तिगत सामग्री बरामद गरेको छ ।
साथै विशेष सूचनाको आधारमा बालाजु माछापोखरी इलाकाबाट थप १ नाल हतियार बरामद गरिएको सेनाले जानकारी दिएको छ । र हालसम्म ७३ नाल हतियार बरामद भएको पनि जनाएको छ ।
यता काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकोमा हाल स्थिति नियन्त्रणमा आएको पनि सेनाले सूचना निकालेर जानकारी दिएको छ ।
त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको छ ।
त्यस्तै सुरक्षा फौजले विभिन्न जिल्ला कारागारबाट फरार कैदीबन्दीमध्ये; सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरेको पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण